पहिरोका कारण अवरुद्ध पोखरा–सिक्लेस सडकखण्ड
पाेखरा | मंसिर १४, २०७९
तस्बिरः मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङको फेसबुकबाट
पोखराः कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने सडकखण्ड अवरुद्ध भएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनले वडा कार्यालय र स्थानीयको पहलमा सडक खुलाउन पहल भइरहेको बताए ।
‘सिक्लेस जाने सडकखण्डको खिलाङ, चिप्ली गाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा झरेकाले अहिले बाटो बन्द छ, उनले भने, ‘हिजो बेलुकीपख सुख्खा पहिरो झरेको रहेछ । अहिले एक्सभेटरले ढुङ्गा फुटाइरहेको छ । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा साँझसम्म सडक सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ ।’
मंगलबार अपह्रान्ह करिब ४ बजे झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको स्थानीय डम्मर गुरुङले जानकारी दिए ।
स्थानीय मादी गाउँपालिका ६ को सडक निर्माणको ठेकेदारको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

